पोखरामा ८२ तोला सुनसहित दुईजना पक्राउ

पोखरादेखि बुटवल जाँदै गर्दा पुम्दीभुम्दीमा समातिए

पाेखरा | असार ७, २०८२

पोखरामा ८२ तोला सुनसहित दुईजना पक्राउ

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रुपमा विक्री वितरणका लागि ल्याएको ८२ तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ । 


पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट भारतीय नागरिकसहित २ जनालाई अवैध सुनका गरगहनासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


पक्राउ पर्नेमा भारतको पंजाव घर भएका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका–१६ बस्ने ४७ वर्षीय रामबहादुर विक छन् । 


प्रहरीले उनीहरुको साथबाट हिजो (शुक्रबार)  सुनको मूल्य १ करोड ३० लाख ४१ हजार आठ रुपैयाँ बराबरको ८२ तोला १६लाल ९ सय ५७  ग्राम पथ्थर बरामद गरेको छ । 


अवैध रुपमा ल्याइएको सुन पोखरामा विक्री नभएपछि बुटवल लैजादा गर्दा उनीहरुलाई पुम्दीभुम्दीबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । 


पक्राउ परेका उनीहरुलाई सुनसहित आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको कास्की प्रहरीले जनाएको छ । 

 

     बरामद सामानहरुको विवरण

     सुनको ढिक्का सानो ठुलो  – २ तोला २३ लाल

  1. सिक्री– २९ थान     (तौल १० तोला ३१ लाल)
  2. दानावाला माला - १ थान ( तौल २ तोला ९४ लाल)
  3. पथ्थर जडित र हिरा जडित औंठी – ५७ थान ( तौल गर्दा १० तोला ५४ लाल)
  4. कानमा लगाउने जुली– ३२४ थान (१६२ जोर) ( तौल गर्दा २७ तोला ६३ लाल)
  5. मंगलसुत्र – १७ थान  ( तौल गर्दा ५ तोला)
  6. लकेट- ९९ थान  (तौल गर्दा १३ तोला १२ लाल)
  7. कालो र रातो माला सहितका पोते– १९ थान (तौल गर्दा ९ तोला ३९ लाल)
  8. झुम्का स-साना टुक्राहरु - १ तोला ।

     

 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्